Thursday, April 11, 2013

gajal

सार्है कोमल मेरो दिल बनाएर के पाइस ?
सधैँ नयन टिलपिल बनाएर के पाइस ?

आज पनि आफ्नै सपनाको मलामी गएँ 
त्यति दुर मेरो मन्जिल बनाएर के पाइस ?

गीता,कुरान र बाइबलमा विभक्त तँलाइ 
बुझ्नै यति जटिल बनाएर के पाइस ?

एउटा प्रस्न अनुत्तरित बोकेर हिंडीरहेछु 
काँडाहरुको महफिल बनाएर के पाइस ?

" नवोदित " 

No comments:

Post a Comment