अन्धो पाइला चालेर के हुन्छ ?
पत्थर पगाल्न थालेर के हुन्छ ?
आफ्नै मान्छे त आफ्नो हुँदैनरैछ
ढुंगामा देउता पालेर के हुन्छ ?
अतित बोल्छ,दुख्छ जहिलेसम्म
फाटेको मन टालेर के हुन्छ ?
जति चोट परोस् पर्वाह छैन
सागरमा पानि हालेर के हुन्छ ?
मनको इश्वर चिन्दैन जसले
मन्दिरमा दियो बालेर के हुन्छ ?
' नवोदित '
No comments:
Post a Comment