Thursday, April 11, 2013

gajal

सार्है कोमल मेरो दिल बनाएर के पाइस ?
सधैँ नयन टिलपिल बनाएर के पाइस ?

आज पनि आफ्नै सपनाको मलामी गएँ 
त्यति दुर मेरो मन्जिल बनाएर के पाइस ?

गीता,कुरान र बाइबलमा विभक्त तँलाइ 
बुझ्नै यति जटिल बनाएर के पाइस ?

एउटा प्रस्न अनुत्तरित बोकेर हिंडीरहेछु 
काँडाहरुको महफिल बनाएर के पाइस ?

" नवोदित " 

Thursday, April 4, 2013


अन्धो पाइला चालेर के  हुन्छ ?
पत्थर पगाल्न थालेर  के  हुन्छ ?

आफ्नै मान्छे त आफ्नो हुँदैनरैछ
ढुंगामा देउता पालेर  के  हुन्छ ?

अतित  बोल्छ,दुख्छ जहिलेसम्म
फाटेको मन टालेर  के  हुन्छ ?

जति चोट परोस् पर्वाह छैन
सागरमा पानि हालेर  के  हुन्छ ?

मनको  इश्वर चिन्दैन जसले
मन्दिरमा दियो बालेर  के  हुन्छ ?

' नवोदित '